समाज

धनुषामा व्यक्ति मृत्युलाई लिएर तनाव, हवाई फायरमा एकजना घाइते

धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा व्यक्तिको मृत्यु विषयलाई लिएर तनावमा उत्पन्न भएको छ। दुई समूहबीच भएको झडपको क्रममा घाइते एकजनाको मृत्यु भएपछि स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै मोटसाइकलमा समेत आगजनी गरेका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीवार स्थानीय दुई समूहबीच चोरीको विषयमा झडप भएको र झडपको क्रममा एकजनाको मृत्यु भएको नागरिक न्यूजलाई बताए।

उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपा मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। मण्डलको मृत्यु भएको भन्दै स्थानीयले अहिले प्रहरी कार्यालय घेराउ गरिरहेका छन्।

डिएसपी अवाले स्थानीयले प्रहरीको एउटा र अन्य एउटा गरी २ वटा मोटरसाइकलमा आगजनी गरेको तथा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि जवाफी कारबाहीमा १ जना घाइते भएको बताए।

उनले स्थिति नियन्त्रणमा लिन प्रहरी हवाई फायर गर्दा एकजनाको हातमा गोली लागेको र हाल उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको पनि जानकारी दिए।

प्रकाशित: ६ पुस २०८० ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App