समाज

पेप्सीकोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुग्यो (अपडेट)

काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ।

आज बिहान काठमाडौँको पेप्सिकोलामा भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीया उषा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए।  

त्यसअघि दुर्घटनामा परी सर्लाही जिल्ला शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराईको मृत्यु भएको थियो।  

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो।

दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए।

प्रकाशित: १७ भाद्र २०८० ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App