समाज

जुम्लाका कृषक मकै छर्न व्यस्त

जुम्लाका किसानले मकैखेती लगाउन (छर्न) सुरु गरेका छन्। मकैबाली लगाउने मौसमको सुरुवात भएपछि अहिले किसानले खेती लगाउन सुरु गरेका हुन्।

जुम्लाका ८ वटै स्थानीयका किसानले आजभोलि धमाधम मकै खेती लगाउन सुरु गरेका छन्। पातारासी गाउँपालिका -२ कि स्थानीय उर्मिला बुढाले हिजोआज गाउँका कृषकले धमाधम मकैखेती लगाउन थालेका बताइन्।

खेती लगाउने मौसमको समयमै लगाएको खेतीबाट राम्रो उत्पादन हुने हुँदा मकैखेती लगाउनमा किसान व्यस्त भएका उनको भनाइ छ।उनका अनुसार हिजोआज मौसम धुम्मिएर प्रतिकूल भएमा हिमपात हुने भए पनि त्यसको कुनै प्रवाह नगरी किसानले मकैखेती लगाउँदै आएका छन्।

जिल्लाका सबै ग्रामीण क्षेत्रका कृषकले मकैखेती लगाउन सुरु गरेका छन्। क्षेत्रमा किसानले मकै छर्न सुरु गरेका छन्।

जुम्लामा आर्थिक वर्ष २०७७/०७८मा ४ हजार ४ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको छ,भने ११ हजार १ सय ३० मेट्रिकटन मकै उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा मकै लगाइएको छ,भने ११ हजार १ सय ५० मेट्रिकटन मकै उत्पादन भएको छ।उनका अनुसार जिल्लामा खाद्यान्न बालीमध्ये सबैभन्दा बढी मकैखेती हुने गरेको छ।

प्रकाशित: १५ वैशाख २०८० ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App