गैरसांसदबाट मन्त्री बनेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) पदमुक्त भएका छन्। उनले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने भएका छन्।
नेपालको संविधानको धारा ७८ बमोजिम कोइराला २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए। संवैधानिक प्रावधानअनुसार गैरसांसद व्यक्ति छ महिनासम्म मन्त्री बन्न पाउँछन्।
![](https://images.nagariknewscdn.com/photos/1665663686_1_%20%E0%A4%AE%E0%A4%BE_%20%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%20%E0%A4%A4%E0%A5%8B%E0%A4%95%E0%A5%8D%E0%A4%A8%E0%A5%81%20%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B_%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%20.jpg)
प्रकाशित: २७ आश्विन २०७९ १२:४८ बिहीबार