राजनीति

भक्तपुर-२ बाट एमालेका महेश बस्नेत र निर्मल भट्टराई सिफारिस

आगामी प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको लागि भक्तपुर क्षेत्र नं २ मा  नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ।

नेकपा एमाले भक्तपुर २ नम्बर क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बस्नेत २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका थिए।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभामा बस्नेतले नै टिकट पाउने सम्भावना रहेको एमाले भक्तपुरका नेताहरु बताउँछन्।

प्रकाशित: १८ भाद्र २०७९ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App