सुनसरीको कोशी गाउँपालिकामा वडा नं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ। ८०० मत गणना गर्दा जसमा ५३९ मत ल्याएर जनता समाजवादी पार्टीका देवकृष्ण यादवले अग्रता कामय राखेका छन्।
नेपाली काँग्रेसका ऐयुव अनसारीले १८० मत प्राप्त गरेका छन् भने एमालेका अजयकुमार कुसियतले ७३ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीकी अणुदेवी सरदारले ३८० मत ल्याएर अग्र स्थानमा रहेकी छन्। नेपाली काँग्रेसकी अनितादेवी यादवले १८७ मत ल्याएकी छन भने एमालेकी अनितादेवी उरावले ५९ मत ल्याएकी छन्।
प्रकाशित: ३१ वैशाख २०७९ १२:५८ शनिबार