राजनीति

एमाले सचिवालय बैठक बस्दै

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।  

एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ।

प्रकाशित: १९ माघ २०७८ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App