राजनीति

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ। सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो। सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ।

दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ।

पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ। एमालेको आयोग २५ सदस्यीय हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात  र उपमहासचिव तीन जना रहनेछन्। कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ। पदाधिकारीमध्येबाट पाँच जनाको सचिवालय बनाउने व्यवस्था थियो। बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहाकार परिष्द हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ।

केन्द्रीय समितिको  निर्णयअनुसार आजदेखि सुरु हुने महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७८ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App