राजनीति

प्रधानमन्त्री ओलीद्धारा निर्वाचन आचारसंहिता उल्लंघन, कारबाही गर्ने आयोगको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गरेको जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन गरेको अपिललाई आयोगले घुमाउरो तरिकाले आचारसंहिता विपरीतको काम भएको जनाएको हो।

आयोगले आचार संहिता उलंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोगले भोलि हुने उपनिर्वाचनको सबै तयारी सकिएको र जेठ ३ गते राती १२ बजपछि निर्वाचनको मौन अवधि सुरु भइसकेको जनाएको छ। आयोगले सो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामािजक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने जनाउँदै सो अवधिमा केही व्यक्तिहरुले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने गरेको प्रति आयोगको ध्यानार्कण समेत भएको उल्लेख गरेको छ।

आयोगले विज्ञप्तिमार्फत् निर्वाचन आचार संहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारबाही गर्ने र आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने समेत जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:१३ बुधबार

निर्वाचन आयोग अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली