राजनीति

प्रतिनिधिसभालाई जीवित बनाएर नयाँ सरकार बनाउँछौं : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभालाई जीवित राख्दै नयाँ सरकार बनाउनेमा आफ्नो ध्यान रहने बताएका छन्।  

संसद भवन नयाँ बानेश्वारमा बसेको दाहाल नेपाल समूहको संसदीय दलको बैठकपछि उनले ठूलो कोशिस पछि प्राप्त संघीय लोकतन्त्र गणतन्त्र र प्रतिनिधिसभालाई जीवन्त राख्न आफ्नो प्रयास हुने बताए।

'सबै दल र सांसदको विश्वास लिएर संसदलाई जीवित राख्न सबै तागत लगाउने छु', उनले भने, 'जो संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् ति सबैलाई एकतावद्ध गर्दै सहकार्य गर्नु र तिनको सहयोगमा प्रतिनिधि सभा जीवित बनाउने र नयाँ सरकार बनाउनेमा मेरो ध्यान रहने छ', दाहालले भने।

संसदीय दलको बैठकले दाहाललाई संसदीय दलको नेतामा चयन गरेको थियो। अर्का अध्यक्ष माधव कुमार नेपालले दाहाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो।

यस अघि मंगलबार बसेको उक्त समूहको केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। बैठकले माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो।

 

 

प्रकाशित: ८ पुस २०७७ ०९:४६ बुधबार

नेकपा प्रचण्ड