राजनीति

नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक ७ दिनका लागि स्थगित भएको छ। देशभर बाढीपहिरोले ठूलो क्षति गरेकोले सम्भावित जोखिम न्यूनिकरण गर्न र राहत तथा यद्धारमा जुट्न पार्टि कार्यकर्तालाई निर्देशन दिँदै  स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक नेकपा नेताहरूको आन्तरिक विवादका कारण पटकपटक सर्दै आएको छ।  

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुबै राम्रोसँग चलाउन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधब नेपाल समूहले प्रम ओलीलाई दुब पदबाट राजिनामा दिन दबाब दिदैं आएका छन्। प्रम ओलीले आफू विरूद्ध मोर्चाबन्दी गरेकोभन्दै  कुनै पनि हालतमा दुबै पद नछोड्ने बताउँदै आएका छन्।

प्रकाशित: २६ असार २०७७ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App