राजनीति

प्रधानसेनापति भेट्न भारतीय सेनाका जनरल जंगी अड्डामा

काठमाडौं– भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। थापालाई भेट्न जनरल आर सोमबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। 

भेटमा दुई पक्षीय आसपी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

छिमेकी राष्ट्रको उच्च पदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझै प्रगाढ बनाउने सेनाको भनाई छ।

प्रकाशित: १८ कार्तिक २०७६ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App