राजनीति

सुरुङबाट सडकलाई सुरक्षित बनाउने योजना : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना सरकारले अघि सारेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज उनले सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक–थ्रु’ पछि सुरुङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको दाबी गरेका हुन्।

“केही समयअघि बुटवल जाँदा एक जना कलाकारले कहिले बन्छ सिद्धबाबा सुरुङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ। यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौँ नागरिकको ज्यान गएर पीडा भोग्नुपरेको थियो”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “आज सिद्धबाबा सुरुङ मार्गको ब्रेक–थ्रु भएको छ। यो सुरुङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्यूठान जाने अनुकूलता मिल्ने छ। यो सडक कालिगण्डकी करिडोरसँग जोडिन्छ।” 

सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङको आज ‘ब्रेक–थ्रु’ भएको छ। रासस

प्रकाशित: ११ माघ २०८१ २१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App