राजनीति

कास्की अदालतमा रविको जिकिर : पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।  

न्यायाधीश नीतिज राईको इजलासमा जारी सुनुवाइका क्रममा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिएको समयभित्र उनले उक्त प्रतिबद्धता जनाएका हुन् । थुनछेक बहस अन्तिम चरणमा रहेका बेला पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले धरौटी वा तारेखमा बसेर पुर्पक्ष गर्ने व्यवस्था गरिदिन अदालतसमक्ष माग गरे । गृहमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै लामिछानेले अब पनि दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे ।  

कास्की अदालतले बिहीबारनै थुनामा राखेर पुर्पक्ष गर्ने वा रिहा गरेर मुद्दाको अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्ने सम्भावना छ । यसका लागि पोखराका प्रमुख स्थानसहित अदालत परिसर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरूलाई उपस्थिति हुन दिइएको छैन । 

प्रकाशित: २५ पुस २०८१ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App