राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायरको जानकारी संघीय संसद् सचिवालयलाई गराइँदैछ ।
जिल्ला सरकारीको वकिलको कार्यालय, कास्कीले संसद् सचिवालयलाई जानकारीसहित पत्र पठाउन लागेको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।
मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाउनुपर्ने प्रावधान रहेको जानकारी दिँदै शर्माले उक्त पत्र संसद् महासचिवले सभामुखसमक्ष पेस गर्ने बताइन् ।
'उहाँले नियमावली उल्लेख गरेर संसद् चलेको भए संसद्मा र नचलेको भए सूचना पार्टीमा सूचना टाँसेर जानकारी गराउनुहुन्छ,’ उनले भनिन् ।
रवि लामिछानेविरुद्ध आइतबार (आज) मात्रै सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता हुँदैछ ।
प्रकाशित: ७ पुस २०८१ १७:०५ आइतबार