राजनीति

नेकपा एसले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुङ्ग्याउने

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सोमवार (आज) टुङ्गाउने भएको छ। 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुङ्ग्याउने छन्। 

केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुङ्ग्याउन मंसिर २६ गतेबाट जारी बैठकमा आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बोलिसकेका छन्। 

उनका अनुसार अब पार्टी अध्यक्ष र महासचिवले आफ्नो धारणा राख्नेछन्। नेताहरूको विचारप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम आज हुनेछ। 

अनि कार्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुङ्गाउने उनको भनाइ छ। बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने पार्टीले जानकारी दिएको छ। 

प्रकाशित: १ पुस २०८१ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App