राजनीति

त्रिविको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पारित, कर्मचारीको विरोध

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनले ११ बुँदे प्रस्ताव पारित गरेको छ । सभामा १२ बुँदे प्रस्ताव पेस भएको भएपनि ११ बुँदामात्र पारित भएको हो । 

सभाले पारित गरेका प्रस्तावबारे पुस ७ गते थप छलफल हुनेछ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बिहान ११ बजे नीतिबारे थप छलफलका लागि बैठक बोलाएका हुन् ।  

नीति अधिवेशनमा आफ्ना माग सम्बोधन नभएको भन्दै कर्मचारीले भने विरोध जनाएका छन् । उनीहरुले कार्यक्रमस्थल बाहिर नाराबाजी गरेका थिए । 

प्रकाशित: २७ मंसिर २०८१ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App