राजनीति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । प्रहरीले भने थप अनुसन्धानका लागि भन्दै ९ दिनको समय मागेको थियो । 

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक आज कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो।  

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी कार्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् । 

विभिन्न सहकारीको रकम अपचलनको अभियोगमा लामिछानेले पोखरासहित बुटवल, वीरगञ्ज, भरतपुर र काठमाडौंमा पनि बयान दिइसकेका छन् ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेको 'लास्ट सीट' !

प्रकाशित: २७ मंसिर २०८१ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App