राजनीति

अस्पताल भर्ना हुन मानेनन् रवि, हिरासत नै फर्किए

सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेले अस्पताल भर्ना हुन अस्वीकार गरेका छन् ।

बुधबार मात्रै पाँच सहकारीको रकम अपचलनसम्बन्धी बयान सकाएका लामिछानेको पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डाक्टरले भर्ना हुन सुझाव दिएका थिए तर, उनी मानेनन् ।

लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले भनिन्, 'रवि दाइको स्वास्थ्य परीक्षण भयो । डाक्टरले भर्ना हुने सल्लाह दियो तर, दाइ मान्नुभएन र भर्खरै हिरासतमै फर्कनुभयो ।'

प्रकाशित: २६ मंसिर २०८१ २०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App