राजनीति

दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो

जिल्लाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा भईरहेको उपनिर्वाचनमा आईतबार मध्यान्ह सम्म ५ हजार मत खसेको छ। 

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत माधव प्रसाद शर्माले दिएको जानकारी अनुसार आईतबार मध्याह्न १२ बजे सम्म गाउँपालिकाका ९ वटा वडामा गरेर कुल ५ हजार मत खसेको हो।

सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भईरहेको उनले जानकारी दिए।सबैतिर मत पेटिका संकलन भए लगत्तै मतगणना शुरु गरिने सुवेदीले जानकारी दिए।गाउँपालिकामा जम्मा १५ हजार ७ सय मतदाता छन्।

उपनिर्वाचनमा करिब ७५ सय मत खस्ने आकलन गरिएको छ।

प्रकाशित: १६ मंसिर २०८१ १२:४४ आइतबार

#Upanirwachan #election #dolakha