राजनीति

प्रधानमन्त्री ओलीले आज सयदिने उपलब्धी सार्वजनिक गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन्।

आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीद्को कार्यालय सिंहदरबारबाट उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्ने छन्।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन्।  

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन्।

प्रकाशित: ७ कार्तिक २०८१ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App