राजनीति

सरकार अहङ्कार र गलत बाटोतर्फ उन्मुख छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं विपक्षी दल नेता पुष्पकमल दाहाल सरकार अहङ्कार र लगत बाटो तिर उन्मुख भएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

आफूमा सरकारलाई  हनिमुन पिरियडसम्म शङ्काको सुविधा दिने चाहना रहेको दाबी गर्दै दाहालले पौने दुई महिनाभन्दा बढी समयसम्म सरकारको गन्तव्य हेर्दा त्यसो अवस्था रहेको दाबी गरे।

‘सरकार अहङ्कार तर गलत बाटो तर्फ उन्मुख छ। संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर, जनताभन्दा स्वार्थ समूह अझ माफियाको सेवामा अग्रसर छ,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले अब पनि खबरदारी नगरे ढिलो हुने भयो भनेर खबरदारी गर्न उभिएको छु।’

प्रकाशित: ११ भाद्र २०८१ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App