राजनीति

काठमाडौंको वसन्तनगरमा बन्यो मंगलादेवी ज्येष्ठ नागरिक पार्क (तस्बिरसहित)

लौहपुरुष गणेशमान सिंह पत्नी मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको सोमबार उद्घाटन भएको छ । 

काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आइतबार उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे । मन्त्री सिंह गणेशमान र मंगलादेवीका छोरा हुन् ।  

नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलाे महिला नेतृ मंगलादेबी  सिंहकाे २८ औं स्मृति दिवसको अवसर पारेर बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको बजेटमा निर्माण भएको पार्कको सोमबार उद्घाटन गरिएको हो ।   

नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’  पार्क उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो ।  

नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए ।  

पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए । 

प्रकाशित: १० भाद्र २०८१ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App