राजनीति

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पीडित मैत्री रहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले विधेयक पीडित मैत्री र सहमतिका साथ ल्याइएको बताएका हुन्।

उनले भने, 'संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री कुनै करकापमा नपरी सहमतिका साथ अगाडि बढाएका छौँ। प्रतिनिधि सभाले आज पास गर्ला। राष्ट्रिय सभाले केही दिन पछि गर्ला।'  

प्रकाशित: ३० श्रावण २०८१ १३:३१ बुधबार

#KP Sharma Oli #TRC Bill