राजनीति

बागमती प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने प्रयोजनार्थ बागमती प्रदेशसभा बैठक सुरु भएको छ। मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बैठक सुरु भएको हो ।  

बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। प्रस्ताव पेस गर्दै उनले समृद्ध मुलुक निर्माणका लागि सबै दललाई एक ठाउँमा उभिन आग्रह गरे । देशको राजनीतिक भविष्य उज्ज्वल बनाउन, जनतामा दीगो विकास र सुशासनको प्रत्याभूतिका लागि सबै दल एकै ठाउँमा उभिन आवश्यक रहेको बताउँदै मुख्यमन्त्री लामाले सरकार निर्माण र पुनर्गठनको खेल अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे।  

उनको प्रस्तावमाथि अहिले प्रदेशसभामा छलफल भइरहेको छ । उक्त प्रस्तावमाथि दलगत रूपमा सांसदहरूले धारणा राखिरहेका छन् । सोपछि मतविभाजन हुनेछ ।

नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई बहुमत सदस्यले विश्वासको मत दिनेछन् । 

प्रकाशित: १५ श्रावण २०८१ १५:४६ मंगलबार

#Bagmati Province #Bagmati Sarkar #Bahadur Shing Lama