राजनीति

ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छः सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन्।

कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने बताए।

उनले दुई दल संविधानको ७६ (२) अनुसार सरकार बनाउन सहमतीमा आएको पनि स्पष्ट पारे। 

प्रकाशित: २३ असार २०८१ १७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App