राजनीति

कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न जरुरी: आरजु राणा

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिएकी छिन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषकहरुलाई राहत दिनका लागि छुट्टै बैकिङ प्रणालीको विकास गर्न पनि सरकारलाई सचेत गराइन्।

उखु कृषक, दुध कृषकहरुले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको उल्लेख गर्दै उनले त्यसका लागि पनि सहुलियत दरमा राहत दिने गरी समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले सो खालको बैकिङ प्रणालीको विकास गर्न आवश्यक्त भएको तर्क गरिन्।

उनले भनिन् ‘हरेक वर्ष यो दुध कृषकहरु र उखु कृषकहरुको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ। यसका लागि चाहीँ सरकारले इर्मेजेन्सीको रुपमा लाष्ट टाईममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिज्म खडा गर्न म अर्थमन्त्रीज्युलाई रिक्वेष्ट गर्न चाहन्छु।’

सांसद राणाले सरकारले कृषीलाई लगानी दशकको रुपमा घोषणा गरेपनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

‘कृषिमा टेक्निकल जनशक्ति वृद्धि एकदमै गर्नुपर्ने जरुरी देखिएको छ। यो अनुसार गोभर्मेन्टले ओएनएम पनि गरिसकेको छ। त्यसलाई यो सरकारले कसरी अगाडि बढाउँछ ? यो बजेटमा यसकाे ग्याप देखिएको छ।’ उनले भनिन्।

सांसद राणाले कृषिमा लगानी वृद्धि गर्न सरकारले त्यसको बजारको पनि उचित व्यवस्था गर्नुपनेमा जोड दिइन्।

प्रकाशित: २२ जेष्ठ २०८१ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App