राजनीति

माधव नेपालसहित देउवा निवासमा विपक्षी दलहरुको छलफल

बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक जारी छ।

देउवा निवासको बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए।

उक्त बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि सहभागी भएका हुन्।

बैठकमा मधेस सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: १६ जेष्ठ २०८१ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App