राजनीति

भ्रष्ट मानसिकता बदल्ने कुरा चुनौतिपूर्ण: मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएकी छिन्। 

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताइन्।

उनले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताइन्। भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौति रहेको उनको भनाइ छ। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभइ कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘सबभन्दा पहिले हाम्रो माइण्ड सेट नै हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोकिदिने होइन। भ्रष्टाचार गरिसकेपछि यस्तो हुन्छ है, भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मान्छेलाई यसरी छोड्दैन। कारबाही गर्छ र ऊ कारबाहीको दायरामा पर्नुपर्छ भन्ने कुराको व्यवहारिक रुपमा पुष्टि गरिदिन्छ। त्यो भरपर्दो हुन्छ। विश्वसनीय हुन्छ र अर्को व्यक्तिले गर्न सक्दैन भन्ने कुरा हो। न्युनिकरण हुन्छ भन्ने कुरा मात्रै हो। रोक्ने र न्युनिकरण गर्ने भन्ने कुरा त जो सार्वजनिक लाभको पदमा जान्छ उहीँ व्यक्तिको माइन्डसेटकै कुरा मुख्य कुरा हो। त्यसकारण माइन्डसेट बदल्ने कसरी हो त्यहीँ नै हाम्रो प्रमुख चुनौती छ। त्यो सँगसँगै कानूनहरु कार्यान्वयन गर्ने, प्रभावकारी बनाउने र अगाडी बढ्ने कुराले महत्वपूर्ण भुमिका राख्छ भन्ने म पनि ठान्दछु।’

प्रकाशित: २४ आश्विन २०८० ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App