राजनीति

भदौ १६ गतेदेखि एमालेको प्रदेश अधिवेशन, कम्तिमा एक तिहाई युवा अनिवार्य हुनुपर्ने

नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति तोकेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको हो।

पार्टीका उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले  भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ। त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १० र ११ कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। उपमहासचिव ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए।  

उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु रहनुपर्नेछ। त्यस्तै बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ। सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय पनि पार्टीले गरेको छ।

उनले भने, ‘बैठकले प्रदेश अधिवेशनका मिति तय गरेको छ। जसमा भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १०,११ कर्णाली प्रदेश, १२,१३ गते कोशी प्रदेश, १५,१६ गते गण्डकी प्रदेश, १९,२० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्नेछौँ। यो अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुनेछ। पालिकाबाट प्रतिनिधिहरुको निर्वाचन हुनेछ। ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्नेछ। वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्नेछ। पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु हुनुपर्नेछ । बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय गरिएको छ।’

प्रकाशित: २९ श्रावण २०८० ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App