राजनीति

नेपाललार्इ भारतले दियाे ८६ सवारी साधन

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि भारतले नेपाललाई ८६ वटा सवारी सधान सहयोग गरेको छ।

सहयोग गरेको सवारी साधनको साँचो सोमबार एक कार्यक्रमका बीच निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले हस्तान्तरण गरे।

भारतले नेपाललाई दिएका सवारी साधानहरुमा ३५ ओटा डबल क्याविन पिकअप भ्यान, ७ ओटा स्कार्पियो जिप, ४ ओटा सेडान कार, एउटा एक्सयुभी कार, एउटा मिनिबस, एउटा माइक्रोबस, ३० ओटा पल्सर मोटरसाइकल, ७ ओटा स्कुटर उपलब्ध गराएको भारतीय दूताबासले विज्ञप्तीमार्फत जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७४ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App