राजनीति

कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित

मनाङको प्रदेश सभा (क) का  कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

उनले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन्। एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए। मुनिन्द्रले ३ सय ३० मतको अन्तरले जीत हात पारेका हुन्।

मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो। त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।  

प्रदेशसभा ‘ख’ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन्। 

प्रकाशित: ५ मंसिर २०७९ १३:२२ सोमबार

Election 2079