अन्य

जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

फाइल तस्विर

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ। निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए। 

जहाजभित्रै अचेत भेटिएका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूलाई आफन्तहरूले सिनामंगलमै रहेको केएमसी अस्पताल पुर्याएका थिए। निगमका प्रवक्ता रमेश पौडेलले जहाजमा उनको अवस्था के थियो भनेर तत्काल भन्न नसकिने बताए।

प्रकाशित: ७ पुस २०८१ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App