अन्य

पाथीभराको पुराना घण्टी लिलामी स्थगित

पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टीको लिलामी प्रकृया स्थगित गरेको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले लिलामी हालको लागि स्थगित गरिएको जानकारी दिएका छन्।  

शुक्रबार जारी गरिएको विज्ञप्तिमा समितिले पाथीभरामा भक्तिभाव भएका सरोकारवाला, बुद्धिजीवी, भक्तजन र समुदायका सुझावका आधारमा पुराना घण्टी लिलामी प्रक्रिया स्थगित गरेको उल्लेख छ। पाथीभरा क्षेत्र विकास समितिले थप निर्णय आगामी समितिको बैठकबाट गरिने जनाएको छ।

यसअघि, पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा रहेका १६ हजार ३७८ किलो १ सय ग्राम पुराना, प्रयोगमा नआउने र टुटेफुटेका घण्टिहरू लिलामीमा बिक्री गर्नका लागि सार्वजनिक सूचना जारी गरेको थियो। त्यस अनुसार, प्रत्येक किलोको न्यूनतम मूल्य ३ सय ८० रुपैयाँ निर्धारण गरिएको थियो, र लिलामी मंसिर १४ गतेका लागि तय भएकाे थियो। 

प्रकाशित: २१ मंसिर २०८१ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App