विचार

कर्पोरेट सफलताको नयाँ मापन

माइकल फ्रेडुउ /जुलेस कोर्टेनहोस्र्ट 

विज्ञानले प्रष्ट सन्देश दिँदादिँदै पनि दशकौँसम्म विश्वका नेताहरू जलवायु परिवर्तनलाई उचित हिसाबले सम्बोधन गर्न असफल रहे। अहिले यो समस्या यति चोटिलो भइसकेको छ कि यसलाई उपेक्षा गर्न असम्भव छ र शक्तिमा रहेकालाई विगतमा खेर गएको समयको सोधभर्ना गर्नुपर्ने दबाब छ।

व्यवसायका लागि यो दबाब प्रदर्शनकारीबाट नभई जलवायु परिवर्तनका खतरालाई सही हिसाबले बुझेका व्यापारिक साझेदार, उपभोक्ता, लगानीकर्ता, ऋणदाता, कर्मचारी, नीति निर्माता तथा अन्य सरोकारबाट सिर्जना भएको छ। आपूर्ति शृंखलामा गडबडीदेखि घरबाहिर काम गर्ने कामदारहरूलाई पर्ने समस्यालगायतका विषयले व्यवसायका जोखिम बढ्दो क्रममा छन्। अबदेखि प्रमुख कार्यकारी अधिकृतले ४ वटा प्रमुख प्रश्नको उत्तर दिन तयार हुनुपर्नेछ, ती हुन्– १० कार्बन शून्य उत्सर्जनको विश्वमा मेरो बजार कस्तो हुनेछ? २० यो बजारमा सफल हुन मेरो व्यावसायिक मोडेल कस्तो हुनेछ ? ३० सफलताका लागि मैले कस्तो परिवर्तन गर्न आवश्यक छ ? र ४० मलाई कस्तो समर्थन आवश्यक पर्छ र त्यो पाउन मैले के गर्नुपर्छ?

प्रतिस्पर्धी फाइदा र कम्पनीलाई हुने आर्थिक अवसरलाई आत्मसात गर्न यथाशीघ्र पाइला चाल्ने प्रमुख कार्यकारी अधिकृतलाई तुलनात्मक लाभ छ। विश्वले कार्वन शून्य अर्थतन्त्रतर्फ झुकाव राखेको र हरेक क्षेत्रमा यसले सम्पूर्ण रूपान्तरण खोजेको पृष्ठभूमिमा केहीले यसबाट इनाम पाइसकेकाछन् भने अन्यले आफ्नो मूल्यलाई थप अवमूल्यन हुनबाट जोगिने प्रयासमा प्रतिबद्धता व्यक्त गरिसकेका छन्। उदाहरणका लागि स्वच्छ ऊर्जा उत्पादनमा लागेको ऊर्जा कम्पनीको सेयर मूल्य हेरौँ। 

डेनमार्कको बहुराष्ट्रिय कम्पनी ओर्सटेडले सन् २००९मा ८५ प्रतिशत  जीवाष्ममा आधारित ऊर्जा आपूर्ति गथ्र्यो भने हाल यो कम्पनीले आपूर्ति गर्ने ऊर्जामा ८८ प्रतिशत नवीकरणीयको हिस्सा छ।यो कम्पनीले सन् २०२५ सम्म कार्बन शून्य ऊर्जा उत्पादनको लक्ष्य लिएकोछ र सन् २०४० सम्ममा आफ्नो व्यवसायबाट हुने सबैखाले कार्बन उत्सर्जनलाई निमिट्यान्न पार्ने बताएको छ। यो रूपान्तरणका क्रममा कम्पनीले लगातार नाफा हासिल गरेको छ र यसको सेयर मूल्य पनि आकासिँदो छ। इएन्डइ न्युजका अनुसार सन् २०१६ मा सेयर बजारमा सूचीकृत भएयता यो कम्पनीको सेयर दुगुना भएको छ र यो कम्पनीको कुल सम्पत्ति ५६ अर्ब अमेरिकी डलर बराबर छ। यो सम्पत्तिकोनोकोफिलिप्स र अन्यकेही अत्यावश्यक सेवा प्रदान गर्ने अमेरिकी कम्पनीको भन्दा बढी हो।
 

वषौंसम्म जलवायु परिवर्तनको चेतावनी र यसले भविष्यमा बजार र व्यवसाय सञ्चालनमा के अर्थ राख्छ भन्ने विषयलाई बेवास्ता गर्दै आएको कर्पोरेट नेतृत्वले खेर गएको समयको सोधभर्ना गर्नु आवश्यक छ।

ऊर्जा रूपान्तरणले गति लिएको वर्तमान परिप्रेक्ष्यमा व्यवसाय सञ्चालन गर्दा जलवायुसम्बन्धी प्रतिबद्धताले प्राथमिकता पाउनेछन्। जलवायु अभियन्ताहरूले अन्यलाई पछाडि पार्नेछन् र यो क्षेत्रमा पहिलो पाइला चाल्नेको समग्र अर्थतन्त्र उभो लाग्नेछ। कार्बन शून्यताको बाटोमा अगाडि बढ्न सजिलो हुने जलविद्युत्, यातायात तथा भवन निर्माण क्षेत्रलाई यो दिशामा अगाडि बढ्नझन् सजिलो हुनेछ।

यसैगरी यी क्षेत्रमा भएको प्रगतिले तुलनात्मकरूपमा कार्बन शून्यताको बाटोमा अगाडि बढ्न कठिन मानिने सिमेन्ट, हवाई उडान, स्टिल र सिपिङ जस्ता क्षेत्रलाई पनि यसप्रकारको रूपान्तरणमा अगाडि बढ्न प्रेरणा मिल्नेछ। वास्तवमा यस्ता चूनौतीपूर्ण क्षेत्रमा पनि जलवायु परिवर्तन न्यूनीकरणका लागि काम गर्ने अग्रणी नेतृत्व देखिइसकेको छ। उदाहरणका लागि डेनमार्कको सिपिङ कम्पनी मक्र्सले सन २०२३सम्म आफ्ना जलयानलाई कार्बन शून्य बनाउन प्रतिबद्धता व्यक्त गरीसकेकोछ। प्रविधिमा भएको द्रुतप्रगति र दिगो आपूर्ति शृंखलाप्रति उपभोक्ताको मागलाई ध्यानमा राखेर कम्पनीले आफ्ना सामुद्रिक परिबहनलाई कार्बन शून्य तुल्याउने आफ्नो प्रयासलाई तीव्रता दिने बताएको छ।  

यसैगरी नागरिक उड्डयन क्षेत्रमा एयरबस सन् २०३५ सम्म कार्बन शून्य तथा हाइड्रोजनजन्य एयरक्र्याफ्ट सञ्चालन गर्ने तयारीमा छ। एयरबसका प्रमुख कार्यकारी जुलेम फाउरी यो योजना व्यापारिक नागरिक उड्डयन क्षेत्रका लागि ऐतिहासिक हुने बताउँछन्। उनी नागरिक उड्डयनको क्षेत्रमा यो सबैभन्दा महत्वपूर्ण रूपान्तरण हुने तर्क गर्छन्। कार्बन शून्यताको दिशामा देखिएको यो महत्वाकांक्षा अन्य प्रमुख कार्यकारी अधिकृतका लागि पनि ठूलो संकेत हो। अमेरिकी उपन्यासकार अर्नेस्ट हेमिङ्वेले व्यक्तिगत टाँटपल्टाइ अधिकांश अवस्थामा बिस्तारै र त्यसपछि अकस्मात हुने बताएका थिए। हरित अर्थतन्त्रप्रतिको झुकाव र रूपान्तरणको विषय उनको भनाइसँग मिल्छ। व्यावसायिक नेतृत्वले अब के बुझेका छन् भने हरेक दिन जोखिम बढ्दो क्रममा छ र उदीयमान चुनौतीलाई आत्मसात गर्न नसके उनीहरू पछाडि पर्नेछन्।

कार्बन शून्य उत्सर्जन हासिल गर्नु भनेको कम्पनीको आफ्नो अस्तित्व रक्षाको विषय मात्र होइन, व्यवसाय विस्तारको अवसर पनि हो। प्रमुख कार्यकारीहरूले खेरजाने वस्तु घटाएर र ऊर्जाको दक्षता बढाएर तथा पुनप्र्रयोग प्रवर्धनमार्फत पैसा बचत गर्न सक्छन्। यसैगरी दिगो प्रणालीको विकास र सञ्चालनले कम्पनीको ब्रान्डलार्ई समेत फाइदा पुग्नेछ। यसले उपभोक्तामात्र होइन, अत्यन्त प्रतिभाशालीहरूलाई पनि कम्पनीप्रति आकर्षित गर्नेछ। दिगो विकासका आगामी योजना बनाउनकम्पनीप्रति लगानीकर्ता, सञ्चालक समिति सदस्य, नीति निर्माता र अन्य सरोकारवालाहरू इच्छुक हुनेछन्।

विश्वव्यापी निर्णय प्रक्रियामा नेतृत्वको अहम् भूमिका हुने भएकाले शून्य कार्बन उत्सर्जनमा पनि प्रमुख कार्यकारीहरूको जिम्मेवारी उत्तिकै हुन्छ। हामी जीवनको एउटा दौडमा छौँ र हाम्रा कम्पनी पनि त्यस्तै दौडमा छन्। बिस्तारै दौडन चाहँदा सबैको हार निश्चित छ। हामी सबैको जिम्मेवारी त छँदैछ, सबैभन्दा बढी शक्तिमा रहेकाले परिवर्तनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्छ। जलवायु परिवर्तनले ल्याउने सबैभन्दा ठूलो संकट टार्न हामीसँग अझै पनि अवसर छ तर त्यसका लागि हरेक नेतृत्व अगाडि बढ्न आवश्यक छ। मानवीय अस्तित्वसँग  जोडिएकाले जलवायु परिवर्तनको जोखिम र खतरालाई बेवास्ता गर्न कसैले मिल्दैन।

प्रोजेक्ट सिन्डिकेट

(माइकल बोस्टन कन्सलटिङ ग्रुपका प्रबन्ध निर्देशक हुन् भने जुलेस आरएलका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रकाशित: १८ चैत्र २०७७ ०५:१७ बुधबार

कर्पोरेट सफलता विचार