प्यालेस्टाइनका महत्वपूर्ण राजनीतिक व्यक्तिमध्ये एक साइब एराकाटको निधन भएको छ।
बिबिसीका अनुसार कोरोना संक्रमणका कारण यरुसलमस्थित एक अस्पतालमा ६५ वर्षीय उनको निधन भएको हो।
उनी प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसनका महासचिव एवं प्यालेस्टाइन प्राधिकरणका अध्यक्ष महमुद अब्बासका सल्लाहकार थिए।
इजरायलसँगको शान्ति वार्तामा अढाई दशकदेखि उनी प्रमुख वार्ताकार थिए।
प्रकाशित: २५ कार्तिक २०७७ ११:३० मंगलबार