अन्तर्राष्ट्रिय

लस एन्जलस आगलागी : मृत्यु हुनेको संख्या दश पुग्यो

अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या दश पुगेको छ। लस एन्जलस काउन्टी मेडिकल परीक्षकले यसको पुष्टि गरेका छन्। यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आगामी ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च संघीय सरकारले व्यहोर्ने घोषणा गरेका छन्।

लस एन्जलस काउन्टी मेडिकल परीक्षकले आगलागीमा परी ज्यान गुमाउनेहरुको पहिचान गर्न बाँकी रहेको जानकारी दिएका छन्। जारी विज्ञप्तिमा भनिएको छ, ‘आगलागीको अवस्था र सुरक्षाको चिन्ताका कारण यी मृत्यु भएका ठाउँमा मेडिकल परीक्षक विभाग पुग्न नसक्दा मृतकको पहिचान हुन केही साता लाग्न सक्छ।’ बीबीसीका अनुसार मृतकका परिवारलाई जानकारी दिने प्रक्रिया चलिरहेको छ।

लस एन्जलसलाई इतिहासकै सबैभन्दा भीषण डढेलोले सहर ध्वस्त बनाएको छ। आगलागीका कारण धेरै घरहरु जलेर खरानी भएका छन्। आगो निभाउने काम तेस्रो दिन पनि जारी छ। आगलागीका कारण घर छाडेर बाहिर निस्किएका कतिपय मानिस घरको भग्नावशेष सफा गर्न फर्किएका छन्। 

लस एन्जलसका पलिसेडेस, ईटन, हर्स्ट, लिडिया र केनेथमा आगो नियन्त्रणबाहिर छ। यी पाँच क्षेत्रमध्ये सबैभन्दा बढी आगो पलिसेडमा फैलिएको छ। प्यासिफिक प्यालिसेड्समा भएको आगलागीबाट करिब २० हजार एकड क्षेत्र प्रभावित भएको छ।

प्रकाशित: २६ पुस २०८१ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App