अन्तर्राष्ट्रिय

मायोटमा शक्तिशाली चक्रवात, सयौँले ज्यान गुमाएको आशङ्का

फ्रान्सेली हिन्द महासागर द्वीपसमूह मेयोटेमा एक शताब्दीको सबैभन्दा शक्तिशाली चक्रवातले सयौँको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। रोयटर्सका अनुसार हजारौं प्रभावित भएको अनुमान गरिएको छ। 

चक्रवात चिडोले रातभर मायोट द्वीपमा २०० किलोमिटर प्रतिघण्टा गतिसहित प्रहार गरेको थियो, जसले आवास, सरकारी भवन र अस्पतालमा क्षति पुर्याएको छ। फ्रान्सेली अधिकारीहरूले मृतकहरूको संख्या सयौंमा पुग्न सक्ने र सम्भवतः हजारौंको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन्।

स्थानीयले यसलाई एक ठूलो त्रासदी भन्दै आफूले छिमेक र घर गुमाएको बताएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मृतक र प्रभावित परिवारप्रति शोक व्यक्त गरेका छन्। 

चक्रवातका कारण आप्रवासीहरूको ठूलो संख्या बसोबास गर्ने मेयोटेमा पानी, खानेकुरा र अन्य सुविधाको सङ्कट देखिएको छ।

प्रकाशित: १ पुस २०८१ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App