अन्तर्राष्ट्रिय

यात्रुवाहक बस र पिकअप ट्रक एकापसमा ठोक्किंदा ११ जनाको मृत्यु

उत्तरी फिलिपिन्समा यात्रुबाहक बस र पिकअप ट्रक एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।

बिहीबार कागायन प्रान्तको अबुलुग नगरपालिकाको प्रमुख राजमार्गमा १४ जना सवार टोयोटा हाईलक्स यात्रुबाहक बससँग ठोक्किँदा दुर्घटना भएको थियो।

पिकअपमा सवार रहेका अन्य तीन जनाको भने जीवित उद्धार गरिएको प्रहरी मेजर एन्टोनियो पालाटाओले बताए।

यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर चोट लागेको छ भने बसमा सवार २३ जनालाई सामान्य चोट लागेको पनि उनले बताए। रासस

प्रकाशित: २७ असार २०८१ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App