अन्तर्राष्ट्रिय

विश्वकप कबड्डी खेल्न पाकिस्तान निषेधित

मुम्बई–अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन आइकेएफले भारतमा हुने  विश्वकप कबड्डीमा पाकिस्तानलाई सहभागी हुन निषेध गरेको छ।
आइकेएफलका प्रमुख देवराज चर्तुवेदीले भारत–पाकिस्तानबीच जारी तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेको बताए।

उनले भने, ‘उरी हमलापछि भारत र पाकिस्तानको सम्बन्ध त्यति राम्रो छैन, भारतमा हुने प्रतियोगीतामा सहभागीता जनाउँदा विशेषतः पाकिस्तानका खेलाडीले असहज महसुस गर्ने भएकाले उक्त टिमलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेका हौँ।’

यता पाकिस्तानी कबड्डी फेडेरेशनका प्रमुख राना मोहम्बद सरबारले भने आइकेएफले पाकिस्तानमाथि अन्याय गरेको आरोप लगाए। उनले भने, ‘यदी दुई देशको तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरिएको छ भने भारतलाईसमेत प्रतियोगीता खेल्न निषेध गर्नु पर्ने हो।’ उनले आफूहरुले आफ्नो सहभागीताका बारेमा छलफल गरेर प्रतियोगीता संचालन गर्न पटक पटक आग्रह गर्दासमेत आइकेएफले भारतको समर्थन लिँदै बैठकमा बस्न आलटाल गरेको आरोप लगाए।

आगामी शुक्रबारबाट भारतमा सुरु हुन प्रतियोगीतामा आयोजक भारत सहित इरान, अमेरिका , अस्ट्रेलिया, दक्षिण कोरिया, इङल्याण्ड, पोल्याण्ड, केन्या तथा अर्जेन्टिनालगायतका टिमले सहभागीता जनाउने छन्।

 

प्रकाशित: १९ आश्विन २०७३ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App