स्वास्थ्य

स्वास्थ्यकर्मीको खादा ओढेर घर फर्किए कोरोना विजेता

हलेसी तुवाचुङका संक्रमण विजेतालाई बिदाई गर्दै स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

कोभिड–१९ को संक्रमणमुक्त भएका व्यक्तिलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खादा ओढाएर विदाई गरिएको छ । कोभिड–१९ को संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा बनाइएको आइसोलेसनमा बसिरहेका ७ जना र होम आइसोलेसनमा बसिरहेका १ जनालाई शुक्रबार शुभकामनासहित बिदाई गरिएको हो । 

संक्रमणपछि आइसोलेसन र होमआइसोलेसनमा बसिरहेको अवस्थामा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई अस्थायी कोभिड अस्पताल दुर्छिमका डा. पवन श्रेष्ठ, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगत, सह–संयोजक प्रकाश घिमिरे लगायतका स्वास्थ्यकर्मीको टोलीले विदाई गरेका हुन् ।  

संक्रमण विजेता स्थानीयलाई नगरपालिकाको गाडीमा हालेर घर–घरमा पुर्‍याइएको स्वास्थ्य शाखा संयोजक भगतले बताए । यससँगै हलेसी तुवाचुङ नगरपालिकामा कोरोना जितेर घर फर्कनेको संख्या १५ पुगेको छ । हलेसी तुवाचुङ नगरपालिकामा शुक्रबार थप ५ जनालाई संक्रमण पुष्टि हुँदा सक्रिया संक्रमितको संख्या ७५ पुगेको मेयर इवन राईले बताए ।  

१० स्थानीय तह रहेको जिल्लामा बिहीबारसम्मको तथ्यांक अनुसार ८४ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७८ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App