द्रूत विधिको परीक्षण (आरडिटी) मा कोरोना भाइरसको संक्रमण पोजिटिभ आएका भक्तपुर नगरपालिकाका एक वडा सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयले गरेको परीक्षणमा पोजेटिभ आएका भक्तपुर नगरपालिका वडा नं ९ का वडा सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
उक्त वडाका वडाअध्यक्ष रविन्द्र ज्याख्वले अर्को एक सफाइ मजदुरको आरडडिटी परीक्षण पोजिटिभ आएकोमा उनको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाए । यसअघि आरडिटी पोजिटिभ देखिएपछि भक्तपुर नपा ९ निवासी वडा सचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल गरिएको थियो ।
त्यस्तै उनीहरुको घरपरिवार र सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत गराइएको थियो । उनीहरुको पीसीआर परीक्षण टेकु पठाएइको थियो । टेकुमा आइसोलेसनमा राखिएका उनीहरुलाई दुवैलाई नगरपालिकाले लिएर आई घर पुर्याएको वडा अध्यक्ष ज्याख्वले बताए ।
प्रकाशित: ७ जेष्ठ २०७७ १२:२९ बुधबार