स्वास्थ्य

कर्णालीमा कोरोनाको आशंकामा एक जनाको स्वाब थप परीक्षणको लागि नेपालगंज पठाइयो

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ । कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर नाइनमा देखिएकाले थप परीक्षणका लागि बाहिर पठाइएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन ओम आर्चायले जानकारी दिए ।  

साँझ वा भोलि विहानसम्म अन्तिम रिपोर्ट आउने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा रिर्पोट शंकास्पद देखिएका युवा ४५ दिन भारतको आगरामा बसेर आएका हुन् । दैलेखको आठविस नगरपालिका घर भएका ती ब्यक्तिलाई जेष्ठ १ गते उद्धार गरि आठविस नगरपालिकामा ल्याइएको थियो । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा उनीसहित ३८ जना बस्दै आएको पर्वसिंह विश्वकर्माले बताए ।  

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:२१ सोमबार

कोभिड १९ कोरोनाभाइरस पीसीआर