शिक्षा

शिक्षक सरुवामा राजनीति गरेको आरोप

फाइल तस्बिर

दैलेखको नारायण नगरपालिकाले शिक्षकहरुको सरुवा (दरवन्दी मेलान) को नाममा राजनीति गरेको आरोप लागेको छ। नेपाल शिक्षक संघले विज्ञप्ती मार्फत सहकार्यविना नगरपालिकाले शिक्षक दरवन्दी मेलानमा राजनीति गरको आरोप लगाएको हो।

शिक्षकसंग सम्बन्धी पेशागत संघसंगठनसंग सहमति, सहकार्य, छलफल गरेर सल्लाह सुझावसहित दरवन्दी मेलानको कार्य हुँदै आएकोमा नगरपालिकाका नगर प्रमुखसहितको टिमले आफू निकटका शिक्षकहरुलाई पायकपर्ने स्थानमा दरवन्दी मेलान गरी राजनीति गरेको आरोप नेपाल शिक्षक संघका नेताहरुले लगाएका हुन्।

पेशागत शिक्षक संघ सगठनहरुले तयार परेको कार्यदल प्रतिवेदनलाई सार्वजनि तथा छलफल नगरी नाटकिय ढंगबाट राजनितिक आस्थाको भरमा शिक्षकको दरवन्दी मेलान गरिएको नेपाल शिक्षक संघका अध्यक्ष रेशम बहादुर नेपाली र सचिव पूर्ण प्रकाश भटराईद्धारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ। शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगर प्रमुख शिक्षक संघले ज्ञापनपत्र पनि बुझाएको थियो। 

शिक्षक दरवन्दी (मिलन तथा ब्यवस्थापन) कार्यविधी २०७६ को परिच्छेद २ (३, क, र ३ च,), परिच्छेद ५ (११, ख,), परिच्छेद ६(२०), प्रचलित शिक्षा ऐन २०२८ (संशोधन)  सहित तथा निमावली २०५९ को (संशोधन) तथा मावन श्रोत विकास केन्द्रको मिति २०८०जेष्ष्ठ ३ गतेको परिपत्र प्रतिकुल हुने गरी गैरकानुनी रुपमा कार्यविधी नै नबनाई गरेको सरुवा (दरवन्दी मिलान) गरेको विज्ञप्तीमा उल्लेख छ। शिक्षक सरुवा राजनैतिक आस्थाको आधारमा कुनै विद्यालयको दरवन्दी नै शुल्य हुनेगरी गरिएको नेपाल शिक्षक संघले विज्ञप्तीमा भनेको छ। नगर प्रमुखसहित बहुमत कार्यपालिका नारायणमा एमाले पार्टीबाट निर्वाचित छन्।

कुनै शिक्षकसंग पूर्वाग्रह नभएको र सवैको सहमति अनुसार दरवन्दी मेलानको निर्णय भएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले  प्रतिक्रिया दिए । ‘कुनै ठाउँमा विद्यार्थी नभएको पुरै दरवन्दी खाली गरियो।’ नगर प्रमुख शर्माले भने, विद्यालय ब्यवस्थापन समितिको अनुमती र सिफारिस अनुसार मात्रै खाली दरवन्दी भएको ठाउँमा प्रकृया पुगेर नै दरवन्दी मेलान भएको हो।’  

प्रकाशित: १४ असार २०८० ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App