अर्थ

एमबान स्पोर्ट्स मिट २०२२ हुँदै

नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित ‘एमबान स्पोर्ट्स मिट २०२२’ अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू हुने भएको छ।

प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरू साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरू समेत सहभागी हुने भएका छन्।

प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधामा समावेश गरिएको जनाँउदै आयोजकले सम्पूर्ण प्रतियोगिताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरूको अधीनमा रही सञ्चालन हुने बताएको छ।

कार्यक्रम यही भदौ १७ र १८ गते हुने र समापन भने भदौ २४ र २५ गते हुने बैंकले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App