अर्थ

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आफ्नो कार्यभार सम्हालेका छन्। नबिल बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाई गत बिहीबार नियुक्त गरेको थियो।

उनले बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा २५ वर्षभन्दा बढी काम गरेको अनुभव सँगालेका छन्। उनले यसअघि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरिसकेका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाको नेतृत्वमा नबिल बैंकले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरेको बैंकले जनाएको छ।  

प्रकाशित: १९ असार २०७९ ०१:३७ आइतबार

नबिल बैंक नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना