अर्थ

सस्तो डिलले ल्यायो आकर्षक अफर

नयाँ वर्ष २०७९ आउन केहि दिन मात्रै बाँकी रहँदा सस्तो डिलले आकर्षक अफर अनावरण गरेको छ। नव वर्षको हर्षमा थप मिठास थप्न सस्तो डिलले NNY 2079 नामक अफर सार्वजनिक गरेको हो।

सो अफर चैत्र २९ गते देखि वैशाख ३ गते सम्मलाई चल्नेछ। उल्लेखित अफरमा ग्राहकहरुले सरल मूल्यमा थप छुटका साथ सम्पूर्ण सामग्री पाउन सकिन्छ भने निःशुल्क डेलिभरीको सुविधा पनि रहेको छ।

यस अफर NNY Pre-party अफर सस्तो डिलमा चलेको थियो जसबाट ग्राहकहरु अत्यन्तै लाभान्वित भएका थिए। यसै सिलसिलालाई जारी राख्दै र नयाँ वर्ष हर्षोउल्लासित बनाउन NNY 2079 मा ग्राहकहरुले बैंक वा डिजिटल वालेटबाट भुक्तानी गरी अधिक छुटमा सामान पाउन सकिन्छ।

सस्तो डिलबाट सामान खरिद गरी विभिन्न बैंकहरु जस्तै एनआइसि एसिया, लक्ष्मी बैंक, एनएमबि बैंक, ज्योति विकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक, एनसिसीबैंक, बैंक अफ काठमाडौँ र मेगा बैंकका डेबिट वा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा ग्राहकहरुले २० प्रतिशत (२ हजार रुपैयाँसम्म) छुट पाउनेछन् भने  इसेवाबाट भुक्तानी गर्दा २० प्रतिशत (एक हजार पाँच सय रुपैयाँसम्म) र खल्ती बाट भुक्तानी गर्दा २० प्रतिशत ( पाँच सय रुपैयाँसम्म) छुट पाउन सकिन्छ।

यसका साथै सस्तो डिल कै कुपन भौचर प्रयोग गरी थप १० हजार रुपैयाँसम्म छुट पनि पाउन सकिन्छ। सस्तो डिलको जुनै पनि अफरहरुमा ग्राहकहरुको उत्साहजनक सहभागिता रही आएको र ग्राहकहरु यस अफरको पनि निक्कै लामो समय देखि पर्खाइमा रहेका सस्तो डिलका हेड अफ मार्केटिङ रितिक साही बताउँछन्। यस अफरमा धेरै ग्राहकले रुची राखेका र अफर सुरु भएको केही समयमा नै अफर उपभोग भइसक्ने पनि उनी बताउँछन्।

प्रकाशित: २८ चैत्र २०७८ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App