अर्थ

सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना

इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिइरहेको नयाँ वर्ष (वि.सं. २०७९) लाई लक्षित गर्दै “नयाँ वर्ष, भाग्यको वर्षा” योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत आकर्षक उपहार जित्न सकिने छ। कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशाली ग्राहकले बम्पर उपहारका साथै अरू आकर्षक उपहार जित्न सक्नेछन्।

बम्पर उपहारमा एक जनाले यमाहा एफजी बाईक, दुई जनाले एप्पल म्याकबुक एयर ल्यापटप, तीन जनाले एप्पल आइफोन १३ र पाँच जनाले एप्पल आइप्याड जित्न सक्ने जारी विज्ञप्तिमा उल्लेख।

साथै, सेन्साईले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेण्टी र निःशुल्क डेलीभरी दिने व्यवस्था पनि गरेको छ। सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।

प्रकाशित: २० चैत्र २०७८ ०२:४१ आइतबार

इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साई नयाँ वर्ष भाग्यको वर्षा