अर्थ

ग्लोबल आइएमई बैंक र आइसिएफसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र आइसिएफसी फाइनान्सबीच सम्झौता भएको छ। सम्झौतामा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आइसिएफसीका नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार आइसिएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा आइसिएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन्।

प्रकाशित: २७ फाल्गुन २०७८ ०१:०९ शुक्रबार

ग्लोबल आइएमई बैंक लिमिटेड आइसिएफसी फाइनान्स लेटर अफ क्रेडिट