अर्थ

'वित्तीय प्रणालीमा तरलता अभावले निर्माण उद्योग संकटमा'

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।

अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन्। उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताए।

अध्यक्ष सिंहले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्ष देखि निर्माण उद्योगले गति लिन नसेको बताए। 

उनले दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरुले चरम आर्थिक अभाव झेलि रहेको बताए। अध्यक्ष सिंहले पछिल्लो समय बैंकहरुले एक दुई लाख कर्जा समेत पाउन मुस्किल भएको बताए। 

उनले निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको तर, सरकारसँग विगत एक वर्ष देखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न माग गरेको बताए।उनले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने ,निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे।

प्रकाशित: ९ पुस २०७८ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App